नमूना मतपत्रमा चिह्न नरहेको भन्दै उम्मेदवारले दिए निर्वाचन कार्यालयमा धर्ना

लोकपथ
84
Shares

काठमाडौं । नमूना मतपत्रमा स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न नरहेको भन्दै स्वतन्त्र उम्मेदवारहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा धर्नामा बसेका छन् ।

सोमबार बिहान जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा रहेको मुख्यनिर्वाचन अधिकृतको कार्यालयमा स्वतन्त्र उम्मेदवारहरु धर्नामा बसेका हुन् ।

नेपाली काँग्रेसबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा बागी बनेर लडेका स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले निर्वाचन कार्यालयबाट चुनाव चिह्न पाएको दुई दिन वित्दा पनि निर्वाचन कार्यालयको वेबसाइटमा रहेको मतपत्रमा १५ जना स्वतन्त्र उम्मेदवारहरुको चुनाव चिह्न नरहेको बताए ।

मत माग्नका लागि मतपत्रसमेत अनिवार्य रहेको बताउँदै मेयर पदका स्वतन्त्र उम्मेदवार साहले भने, ‘तर मतपत्रमा आजसम्मपनि स्वतन्त्र उम्मेदवारहरुको चिह्न नै नरहेपछि जनतासँग मत कसरी माग्ने, कुन आधारले माग्ने, हामीलाई निर्वाचन आयोगमाथि नै शंका भएकाले धर्नामा बस्नु परेको छ ।’

उनले मतपत्रमा चुनावी चिह्न नसच्याएमा मुख्यनिर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।
यता मुख्यनिर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले अधिकांश स्वतन्त्र उम्मेदवारले चुनाव चिह्न नपाएकाले छिट्टै नै चुनाव चिह्न पाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?