प्रहरी महानिरीक्षक बढुवाविरुद्ध सर्वोच्चमा रिट

लोकपथ
1.4k
Shares

काठमाडौं । सिनियर एआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापा न्यायका लागि सर्वोच्च अदालत पुगेका छन् ।

मन्त्रिपरिषदको बैठकले तेस्रो वरीयतामा रहेका धीरजप्रताप सिंहलाई प्रहरी प्रमुखमा बढुवा गरेपछि वरीयता क्रम मिचिएको भन्दै एआईजीद्वय पोखरेल र थापा सर्वोच्च अदालत पुगेका हुन् ।

एआईजीद्वय पोखरेल र थापाको तर्फबाट अधिवक्ता सुनिता राउतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी हुन् । उनीहरुले सरकारको निर्णय कार्यान्वयन नगर्न र आफूहरुलाई आईजीपी नियुक्त गर्न रिट निवेदनमा माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?