इमरान ‘नयाँ पाकिस्तान’का कप्तान !

काठमाडौँ- के पाकिस्तानले पूर्व क्रिकेटरलाई प्रधानमन्त्री बनाउँदैछ ? विहीबार साँझसम्मको मतगणना परिणामले – ५६ वर्षीय पूर्व क्रिकेटर इमरान खान प्रधानमन्त्री हुने सङ्केत देखिएको छ । पुराना राजनीतिक दलभने प्रारम्भिक मत गणनामा निक्कै पछाडि छन् ।  गाेरखापत्र दैनिकमा खबर छ।

बुधबार सम्पन्न भएको आम निर्वाचनको प्रारम्भिक नतिजामा पाकिस्तानी राष्ट्रिय टिमका पूर्व कप्तान खानको पार्टी पाकिस्तान तहरिक ए–इन्साफ (पिटिआई)ले अन्य प्रतिपर्धीलाई निक्कै पछि पारेको छ ।
बिहीबारसाँझसम्म मतगणना सम्पन्न भएका कुल ८४ सिटमध्ये पिटिआईले ५० स्थानमा विजय हासिल गरेको छ । दोस्रो प्रतिपर्धी पाकिस्तान मुश्लिम लिग (पिएमएल) मात्र १७ स्थानमा चित्त बुझाइरहेको छ ।
नयाँ सरकार गठनका लागि कुल २७२ सदस्यीय संसदमा १३७ स्थानमा विजय हासिल गर्नुपर्छ । पाकिस्तानी मिडियाका अनलाइन संस्करणमा मतगणना भइरहेको स्थानमध्ये ११७ स्थानमा पिटिआईको अग्रता रहेको देखाइएको छ । अन्तिम नतिजा आउँदासम्म यही प्रवृत्ति कामय रहेमा पिटिआईले साना साझेदार दलको साथ लिएर सरकार बनाउने छ । खानले आफ्नो नेतृत्वमा साना दल सम्मिलित संयुक्त सरकार गठन गर्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?