कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

लोकपथ
105
Shares

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–३ चोरपानीमा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लाफाँटा नगरपालिका–१० का अन्दाजी ५५ वर्षीय केशवराज अवस्थी रहेका छन् ।

बेदकोट तालबाट दैजीतर्फ जादै गरेको सुदुर पश्चिम प्रदेश ०२–००३–प ४६५३ नम्बरको मोटरसाइकल हिजो साँझ साढे ५ बजे अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?