निगमले भित्र्याएको वाइडबडीको वारेन्टी नभएकाे सनसनीपूर्ण खुलासा

काठमाडौं – नेपाल वायुसेवा निगमले पहिलोपटक खरिद गरेका दुई थान वाइडबडी जहाजको वारेन्टी नै नरहेको पाइएको छ ।  आजको कारोबार दैनिकमा यसबारे समाचार छापिएको छ ।

जहाज खरिद सम्झौतामा नयाँ जहाजको इन्जिन तथा स्पेयर्स पार्ट्सको वारेन्टी र ग्यारेन्टी कति समय हुने विषय नै उल्लेख नगरेको भेटिएको छ ।

निगमले 'हाईफ्लाई एक्स'सँग गरेको सम्झौतामा वारेन्टी तथा ग्यारेन्टीको विषयमा दुवै पक्ष मौन बसेको भेटिएको छ ।

उक्त विषयले बोर्ड बैठकमा पटक-पटक संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव तथा सञ्चालक समिति अध्यक्ष  कृष्ण देवकोटाले प्रश्न उठाएका थिए । बोर्ड बैठकमै दुई पटक यस सम्बन्धमा निर्णय भए पनि सम्झौता अहिलेसम्म बोर्ड बैठकमा प्रस्तुत नगरिएको निगम स्रोतले जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?