विराटनगर – जतुवा क्षेत्रमा अचेल धमाधम पाइप बिछ्याइँदै छ । त्यसबाट पानी होइन, ग्यास बग्नेछ । यही साउनभित्र । महानगर १४ को यस इलाकाका बासिन्दाको चुलोमा त्यही पाइपको ग्यास आइपुग्नेछ ।
सिलिन्डर बोक्ने झन्झट सकिनेछ । तीन दशकदेखि सञ्चालनमा रहेको गौशालाबाट बायोग्यास निकालिएको हो । ‘पहिलो चरणमा ३२ घरमा ग्यास वितरण गर्न पाइप जडान भइसकेको छ,’ संस्थाका अध्यक्ष शंकरलाल अग्रवालले भने, ‘साउनभित्रै परीक्षण गरी नियमित ग्यास उपलब्ध गराउने तयारीमा छौं ।’ प्रत्येक घरमा दुइटा चुलो र ग्यास प्रयोग गर्न चाहिने सामान न्यूनतम मूल्यमा गौशालाले उपलब्ध गराएको छ ।
दोस्रो चरणमा थप सय घरमा पुर्याउने लक्ष्य रहेको अग्रवालले बताए । ती घर गौशाला रहेको स्थानबाट एक किलोमिटर आसपासका हुनेछन् । ग्यास प्लान्ट जडान र अरू प्राविधिक कामका लागि भारतको गुजरातबाट आएका र नेपाली प्राविधिकले काम गरिरहेका छन् । ३३ वर्षअघि ‘गाईको वृद्धाश्रम’ का रूपमा सुरु गरिएको उक्त श्रीकृष्ण गौसेवा सदनमा त्यसबेला केही गाई मात्र थिए । अहिले दुई सयभन्दा बढी गाई र बाच्छाबाच्छी छन् । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया