काठमाडौं–सरकारले बलाधिकृत रथी पूर्णचन्द्र थापालाई कायममुकायम प्रधान सेनापति तोक्न राष्ट्रपतिलाई सिफारित गरेको छ । हालका प्रधानन्यायाधीश राजेन्द्र क्षेत्रीले यही साउन २५ गतेदेखि अवकास पाउन लागेकाले सरकारले सो निर्णय गरेको हो ।
बलाधिकृत रथी पूर्णचन्द्र थापालाई सरकारले सिफारिस गरेसँगै उनी नयाँ प्रधानसेनापति बन्ने पक्का भ्रएको छ ।
मन्त्रीपरिषद बैठकले संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा उम्मेदवारी दिने निर्णय पनि गरेको छ । त्यसैगरी सरकारले लुम्विनी विकास कोषको उपाध्यक्षमा अवधेशकुमार त्रिपाठी र सदस्य सचिवमा विष्णुप्रसाद ढकाललाई नियुक्त गरेको छ ।
मन्त्रीपरिषद बैठकले सार्वजनिक संस्थान निर्देशन बोर्ड खारेज गर्ने निर्णय पनि गरेको छ । बोर्डको सबै चल, अचल सम्पत्ति अर्थ मन्त्रालयमा कायम हुने गरी बोर्ड खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया