निर्वाचनको प्रचारको लागि मिथ्या सूचना प्रकाशन गरे कडा कारबाही गर्ने आयोगको चेतावनी

लोकपथ
42
Shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा आचार संहिता विपरितका सामग्री प्रकाशन गरे कडा कारबाही गर्ने चेतावनी दिएको छ ।उम्मेदवार तथा राजनीतिक दलहरुलाई मिथ्या सूचना र दुष्प्रचारपूर्ण अभिव्यक्ति दिनेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

आयोगले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको परिभाषा गरेको छ, जसअनुसार भनिएको छ, निर्वाचनसम्बन्धी कुनै कार्य गर्दा गराउँदा कसैलाई हानी नोक्सानी पुर्‍याउने नियत राखी नराखी वा उक्त सूचना झुटो हो भन्ने बुझी नबुझी सम्प्रेसित गरिएको भ्रमक सूचनालाई मिथ्या सूचना भनिन्छ ।

आइतबार आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मिथ्या सामग्री सामाजिक सञ्जालमा पोष्ट भइरहेकोले त्यस्ता सामग्री प्रयोग नगर्न चेतावनी दिए ।निर्वाचन आचार संहिता विपरितका सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३, निर्वाचन कसुर तथा सजाय ऐन २०७३ तथा प्रचलित कानुन अनुसार कारबाही गरिने प्रवक्ता शर्मा स्पष्ट पारे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?