प्रधानमन्त्री र सभामुखबीच भेटघाट, के भयो कुराकानी ?

लोकपथ
105
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाबीच भेटघाट भएको छ ।

आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा भेटघाट भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

भेटघाटको क्रममा प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच संघीय संसदको वर्षे अधिवेशन आह्वान, आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रमका विषयमा केन्द्रीत रहेको उनको भनाइ रहेको छ ।

‘सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा र सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाबीच आइतबार भेटवार्ता भएको छ। उहाँहरुबीच बालुवाटारमा आज दिउँसो भएको भेट संघीय संसद प्रतिनिधि सभाको वर्षे अधिवेशन आह्वान, आ।व। २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम लगायतका विषयमा केन्द्रित रहेको थियो ।’ न्यौपानेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?