काठमाडौं । चिकित्सा शिक्षा सुधार र काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने माग गर्दै अनशनमा बसेका डाक्टर गोविन्द केसीले दश बुँदे सहमति अस्वीकार गरेका छन् ।
पन्ध्रौंपटक अनशन बसेका केसीले अघि सारेका केही मागमा सहमति भएपनि दश वर्ष मेडिकल कलेज खोल्न नपाइने विषयमा सहमति नजुटेपछि डाक्टर केसीले आपत्ति जनाएका थिए ।

डा. केसीले अनशनको सत्ताइस दिनमा पनि मेडिकल कलेज खोल्नेबारे आफूले भनेजस्तै हुनुपर्ने अडान राखेका छन् ।
केसी पक्ष र सरकारको वार्ता सहमति नजिक पुग्ने आशा गरिएपनि केसीले नै आपत्ति प्रकट गरेपछि वार्ता टोली विना निष्कर्ष फर्किएको छ । अन्य बुँदामा भने सहमति जुटाइएको स्रोतले जनाएको छ ।
सरकारले नमानेसम्म डा. केसीले निरन्तर अनशन बस्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया