यस्ता छन् स्थापित र डंगोलका प्रतिबद्धताहरु

लोकपथ
56
Shares

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मेयर भएको भोलिपल्टबाटै नागरिकको पीडालाई सुनेर तत्काल सम्बोधन हुनेगरी काममा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्थापितले मेयरले ६ महिनासम्म सगुन खाएर हिँडेको आफूले देखेको उल्लेख गर्दै आफूले भने एकै दिनमा दिनमा सो काम सकाएर महानगरवासीको सेवाको काममा लाग्ने बताए । आईतबार अन्तरार्ष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सगुन खाँदा पनि झोल नखाने भन्दै नल्याउन पनि सबैलाई आग्रह गरे । उनले पानी ल्याउने, विष्कुट ल्याउने अनि बाँडेर सगुन खाने र मेयर भएको पर्सीपल्टबाट काम सुरु गर्ने बताए । मेयरका उम्मेदवार स्थापितले भने, ‘विभिन्न ठाउँबाट आएका मानिसहरुलाई काठमाडौंमा संरक्षण गर्न अगुवाई गर्नेछु । मैले एक दिन केही मान्छेहरुलाई देख्या छु–६ महिनासम्म काम भनेको सगुन खाने भन्छ । साँझ परेपछि चुस्स लाछ । फोन अफ ग¥या छ । जहिले पनि सगुन खाछ, अण्डा खाछ । माछा खाछ । ठूल्ठूला कुरा ग¥या छ । हुँदैन, जितको भोलीपल्ट ६ बजेदेखि राति बाह््र बजेसम्म सेलिब्रेशन हुन्छ । जति आउने त्यही दिन आउनू प¥यो । मेरो आमाजस्तो हुर्काको दिदी हुनुहुन्छ । उहाँ कहाँ ढोग गरेर आउने र सगुन खाने । त्यसमा अण्डा अरुलाई खुवाउने । आफूले धेरै खायो भने खाने बानी लाग्छ । होस त गर्नु प¥यो नि । त्यसरी खानेबानी ठिक हुँदैन । बाँडचुड गरेर एक दिन सगुन खाने । भोलीपल्टबाट आम नागरिकको पीडालाई सुनेर काम गर्ने हो ।’

त्यसैगरी उनले आफू मेयर भएपछि उपहार नल्याउन पनि सबैलाई आग्रह गरे । काठमाडौं महानगरपालिकालाई सबै नागरिकको सम्मान र सुरक्षा प्रदान गर्ने थलोको रुपमा आफूले विकास गर्न चाहेको मेयरका उम्मेदवार स्थापितको भनाई छ । कार्यक्रममा बोल्दै एमालेका उपमेयरका उम्मेदवार सुनिता डंगोलले कार्यस्थलमा महिलालाई सुरक्षित ढंगले काम गर्ने वातावरण मिलाउने प्रतिबद्धता व्यक्त गरिन् । उनले महिनावारीको बेला महिलाहरुलाई गाह्रो हुने भन्दै त्यो बेला उनीहरुलाई बिदामा बस्न मिल्ने गरी नीति तथा कार्यक्रम ल्याउने योजना पनि सुनाइन् । डंगोलले भनिन्, ‘कार्यस्थलमा महिलाहरुलाई सुरक्षित हुने खालको हामी प्रबन्ध गर्नेछौं । त्यतिमात्रै होईन–महिलाहरुलाई हामी समान ज्यालाका लागि आवाज उठाउने छौं । महिनावारीको समयमा धेरै जना महिलाहरुलाई कार्यालय जान गाह्रो हुन्छ । त्यो गाह्रो महिलाबाहेक पुरुषहरुले कमै मात्र बुझ्नु हुन्छ होला । विशेषगरी महिनावारीको समयमा हामीले विदाका लागि कसरी प्रबन्ध गर्न सक्छौं, त्यसका लागि नीत र कार्यक्रमहरु ल्याउनेछौं ।’

डंगोलले महिलाहरुलाई पुरुष सरह ज्याला पाउने प्रबन्ध पनि आफू विजयी भएमा व्यवस्था गर्ने संकल्प गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?