१४ मङ्सिर २०८०, बिहीवार

लौ पढ्नुस् फरार बालकृष्ण ढुंगेलको चर्तिकला

२०७४,आश्विन,२८,शनिवार ०२:०३

0
Shares

काठमाडौं, २८ असोज- पूर्वप्रधानन्यायाधीश र न्यायाधीशलाई भौतिक आक्रमणको चेतावनी दिएको एक मुद्दामा सर्वोच्च अदालतले मिति नै तोकेर पक्राउ गर्न ‘वारेन्ट’ जारी गरेपछि फरार पूर्वसभासद् बालकृष्ण ढुंगेल प्रमुख विपक्षी एमालेका एक सभासद्सँगको छलफलमा काठमाडौंमै भेटिएका छन् । पक्राउको जिम्मा लिएको प्रहरीले भने मुलुकभर खोजी गर्दासमेत ढुंगेललाई फेला पार्न नसकिएको बताउँदै आएको छ ।सर्वोच्च अदालतले गत चैत ३१ गते ढुंगेललाई तत्काल पक्राउ गरी सात दिनभित्र कारागार चलान गर्न प्रहरी महानिरीक्षकलाई आदेश दिएको थियो । सर्वोच्चले पक्राउसहितको प्रतिवेदन सर्वोच्चमा बुझाउनसमेत आदेशमा भनेको थियो ।उक्त आदेशसहितको पत्र वैशाख ३ गते नै प्रहरी प्रधान कार्यालय पुगेको छ । त्यसलगत्तै १० वैशाखमा महानिरीक्षक प्रकाश अर्यालले मुलुकभरका प्रहरी कार्यालयलाई ढुंगेललाई पक्राउका लागि निर्देशन दिएका थिए ।उक्त निर्देशनपछि फरार रहेको कारण देखाउँदै प्रहरीले फेला पार्न नसकिएको बताउँदै आएको छ ।ढुंगेल बुधबार बेलुका नयाँ बानेश्वरस्थित बुद्धी कार्कीको घरमा भएको चुनावी छलफलका संलग्न रहेको खबर अन्नपूर्ण पोस्टले फोटोसहित छापेको छ ।कार्की ओखलढुंगाको लिखु गाउँपालिकामा एमालेतर्फबाट प्रमुख बनेका गोविन्द पौडेल क्षेत्रीका भाञ्जा हुन् । तर, जमघटका बेला निवास प्रयोग भए पनि त्यसदिन कार्की भने घरमा थिएनन् ।

प्रकाशित मिति: २०७४,आश्विन,२८,शनिवार ०२:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८