टिकटक र फेसबुकभरी एमाले नै देखिन्छन, देश एमालेमय भइसक्यो : केपी ओली

लोकपथ
130
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश एमालेमय भइसकेको बताएका छन्।

अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले देश एमालेमय भएको बताएका हुन् ।

‘देश एमालेमय भयो,’ ओलीले भने, ‘एकदिनमा टिकटक कति बन्छन्, स्टाटस कति लेखिन्छ त्यो फेसबुकलाई मात्रै थाहा छ । गीत कति लेखिन्छन् सूर्य र एमालेको पक्षमा।’

निर्वार्चनलाई सम्बोधन गर्दै ओलीले सामाजिक सञ्जालमा आएको प्रतिक्रियाले यस्तो देखिएको बताएका हुन् । ओलीले आवश्यक्ता नै नभएका अन्य दलका उम्मेदवारहरुलाई छोडेर एमालेका उम्मेदवारहरुलाई जिताउन समेत आग्रह गरे ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?