नेपालले दियो जिम्बावे ‘ए’ लाई १ सय ८२ रनको लक्ष्य

लोकपथ
147
Shares

काठमाडौं । नेपालले जिम्बावे ‘ए’ लाई जितका लागि १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनाएको हो ।

नेपालका लागि आदील आलमले अविजित रहदै सर्वाधिक ४७ रन बनाउदा कुशल भुर्तेलले ४६ रन जोडे ।

रोहित पौडेलले ३९ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले २८ रन बनाए ।

जिम्बावेका ब्राड इभान्स, लुक जोंग्वे,ब्राण्डन माभुता र जोन मासराले १र१ विकेट लिए ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?