काठमाडौं । नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बनेका केशव स्थापितले आफु विजयी भए आफ्ना सयौं योजना कार्यन्वयन बताएका छन् ।
आइतबार मे दिवसका अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै उनले शिक्षा, स्वास्थ्य, रोजगारी र विकासका सयौं योजना कार्यान्वयन गरि लाखौंले रोजगारी पाउने र काठमाडौको मुहार फेरिने दाबी गरे ।
‘मसँग सयौं सय आइडियाहरु छ । यो मान्छे अनौठो कुरा गर्छ भन्छन्, मेयरहरुले अनौठो नै कुरा गर्नुपर्छ’, स्थापितले भने । उनले आफुले पानी बाहेककको उपहार नलिने पनि बताए । उनले आधारभुत कुराहरु पहिला पुरा गरेर प्रशासनिक सुधार थाल्ने बताएका छन्।
उनले आफ्ना समस्याका बारेमा नागरिहरुलाई आफुलाई सुनाउन आग्रह गर्दै भने, ‘सम्वाद गर्ने, यो यो भनेर माग गर्ने । यति देलाकि नदेला भनेर सानो पाराले नगर्ने है । यो पनि माग्ने त्यो पनि माग्ने, मैले हेरेझै गर्ने अनि केपी कमरेडको मुहार सम्झने र दनादन सही गर्ने, यति भनेपछि त हुन्छ होला नि त्यसैले यो सजिलो बाटो रोझौ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया