आइजीपी नियुक्ती : एआईजीद्वय पोखरेल र थापा अदालत जाने

लोकपथ
2.6k
Shares

काठमाडौं । सरकारले वरियताका आधारमा तेस्रो स्थानमा रहेका धीरजप्रताप सिंहलाई प्रहरी प्रमुखमा बढुवा गरेसँगै सिनियर एआईजीद्वय विश्वराज पोखरेल र सहकूल थापा न्यायका लागि सर्वोच्च अदालत जाने भएका छन् ।

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

सिनियर एआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापा सर्वोच्च अदालत जाने तयारीका साथ परामर्शमा जुटेका छन् । एआईजीद्वयहरु अदालत खुल्नासाथ सरकारको निर्णय कार्यान्वयन नगर्न र आफूहरुलाई आईजीपी नियुक्त गर्न माग गर्दै रिट दर्ता गर्ने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?