काठमाडौंमा एमालेका दुई उम्मेदवार निर्विरोध

लोकपथ
315
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)का दुई जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार काठमाडौं महानगरपालिका वडा–१८ की दलित महिला सदस्य अम्बिका सुनार र वडा–२२ की पनि दलित महिला सदस्य गीता परियार निर्विरोध निर्वाचित भएका हुन् ।

उनीहरु दुबै जना एमालेको तर्फको उम्मेदवार रहेको नेकपा (एमाले) काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?