काठमाडौं । धिरजप्रताप सिंह नेपाल प्रहरीको २९औँ आईजीपीमा नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सिंहलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।
२९औँ आईजीपीका लागि सिंहसँगै विश्वराज पोखरेल, सहकुलबहादुर थापा, र रविन्द्रबहादुर धानुक पनि दौडमा थिए ।
वरियताका आधारमा धिरजप्रताप सिंह तेस्रो नम्बरमा रहेका थिए । सरकारले नेपाल प्रहरीको चेन अफ कमान्ड तोडेर सिंहलाई नियुक्त गरेको हो ।
सिंहले २९ चैत २०४९ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।
३० वर्षे सेवा अवधि सकेर नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षत्रीले आज अनिवार्य अवकाश पाउँदै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया