सार्वजनिक बिदाको दिन सर्वोच्चमा फुलकोर्ट बैठक जारी

लोकपथ
315
Shares

काठमाडौं । आज मजदुर दिवसका दिन सरकारले सार्वजनिक बिदा दिएको भएपनि सर्वोच्च अदालतमा फुलकोर्ट बैठक बसिरहेको छ ।सर्वोच्च अदालत श्रोतका अनुसार यतिबेला सर्वोच्चमा फुलकोर्ट बैठक बसिरहेको छ ।

बैठकको एजेण्डाबारे अधिकांश न्यायाधीशहरुलाई जानकारी दिइएको छैन । सार्वजनिक बिदाकै दिन फुलकोर्ट बैठक डाकिएकाले केही महत्वपूर्ण निर्णय हुन सक्ने सर्वोच्च अदालत श्रोतले बताएको छ ।बिहान ११ बजेका लागि बैठक बोलाइएको भएपनि साँढे ११ बजेदेखि बैठक सुरु भएको छ ।

लामो समयदेखि बन्द रहेको वरिष्ठ अधिवक्ताको उपाधिको सम्बन्धमा नेपाल बार एसोसिएसन लगायतले बारम्बार प्रश्न उठाएपछि सर्वोच्च अदालत वरिष्ठ अधिवक्ताको उपाधि दिने सम्बन्धमा निर्णय गर्न लागिपरेको हो। यसका लागि निर्णय गर्न सक्ने श्रोतले बताएको छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?