काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ ।
बैठकमा नेपाल प्रहरी र सशत्र प्रहरीको आइजीपी नियुक्ति गर्ने तयारी भएको प्रधानमन्त्री देउवाका प्रेस सल्लाकार गोविन्द परियारले लोकपथलाई जानकारी दिए ।
आज नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) दुवैका महानिरीक्षकले अनिवार्य अवकाश पाउँदै छन्।
३० वर्षे सेवा अवधिका कारण प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी अनिवार्य अवकाशमा जाने भएका हुन्।
दुई महानिरीक्षकसहित २०४९ वैशाख १८ मा सेवा प्रवेश गरेका सबै उच्च अधिकारीले आज एकैपटक अवकाश पाउने भएका हुन्। उनीहरूको बिदाइका लागि आज दुवै प्रहरी मुख्यालयमा कार्यक्रम आयोजना गरिँदै छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया