सुनको मुल्यमा गिरावट, कति छ कारोबार रकम ?

लोकपथ
1k
Shares

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य तोलामा २ सय रूपैयाँ घटेर ९९ हजार रूपैयाँमा कारोबार भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य एक हजार २ सय रूपैयाँ बढेर ९९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला ९८ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन प्रतितोला ९८ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी तोलामा २० रूपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदी एक हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको हो । शुक्रबार चाँदी तोलामा एक हजार एक हजार ३२० रूपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?