आर्यन र साम्राज्ञीको ‘यो त माया हो’ (भिडियो)

काठमाडौं । चलचित्र ‘कायरा’ ले नयाँ गीत सार्वजनिक गरेको छ । फिल्म युनिटले ‘यो त माया हो’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेको हो ।

रिलिज गरिएको गीतमा सुगम पोखरेल र श्रेया सोताङले स्वर दिएका छन् भने नरेश भट्टराईले शब्द लेखेका हुन् । त्यस्तै कल्याण सिंहले संगीत दिएका छन् ।

रिलिजअघि चर्चामा रहेको यो फिल्मले रिलिज मिति नजिकिँदै गर्दा प्रचारमा थप राहत पुग्नेगरी गीत रिलिज गरेको हो । गीतको भिडियोमा आर्यन सिग्देल र साम्राज्ञी शाहलाई फिचरिङ गराइएको छ ।

लक्ष्मण रिजालले निर्माण तथा निर्देशन गरेको यो फिल्म यही साउन १८ गतेबाट रिलिज हुँदैछ भने चलचित्रमा आर्यन र साम्राज्ञीका अतिरिक्त शिशिर राणा, मरिशा श्रेष्ठ, हितेष शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् ।

%

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?