काठमाडौं । …हेलो सर,
प्रहरी कन्टोल….हजुर हेलो, कताबाट को बोल्नु भएको होला ?
सर, म गोंगबुबाट, मेरो सुन लुटियो …
प्रहरी कन्टोल ….कुन ठाँउ ठ्याक्कै लोकेसन भन्नु होस न…?
होटल पाहँुनाघर….गोंगबु बसपार्क
प्रहरी कन्टोल ….ओके..तपाईलाई भेट्न प्रहरी आउँदै छ ।
आज विहान गोंगबुमा एक किलो लुटिएको घटनाले महानगरीय प्रहरीलाई तनाव नै दियो । घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोली नै परिचालन भयो ।
अन्तत दुईघण्टा लामो अनुसन्धान पछि प्रहरीले सुन पचाउन लुटिएको नाटक गर्ने दुईजनालाई पक्राउ गरेको छ । सुन लुटिएको सूचना दिने ब्यक्तिनै उक्त नाटकका परिकल्पनाकार भएको पाइएको छ ।
पक्राउ पर्नेहरुमा रुकुम भूमिगाँउपालिका वडा नम्वर ३ घर भइ हाल दाड बाल मन्दिर बस्दै आएका दाङ घोराही सुन चाँदी ब्यवसायी संघका सदस्य ५३ वर्षीय खड्गबहादुर सुनार र २५ वर्षीय बचन सुनार छन् ।
दाङ घोराही सुन चादी ब्यवसायी संघका नाममा राजधानीको न्यूरोडस्थित सिद्धार्थ विकास बैंकबाट बुधवार एक किलो सुन खरिद गरी गोंगबु नयाँबसपार्कमा रहेको अम्मर ज्वेलर्समा राख्न लगाएका थिए । आफू भने बस्नलाई होटल पाहुँनाघरको कोठा नम्वर २०२ मा पुगेका थिए ।
सुनारले होटलमा कोठामा पुगेपछि प्रहरीको कन्टोल १०० मा फोन गरी सुन, नगद, बैंकको चेक र मोवाइल लुटिएको सूचना दिएका थिए ।
घटनाको अनुसन्धान गर्न घटनास्थलमा पुगेको प्रहरीले उक्त कोठामा अपरिचित ब्यक्ति कोही नगएको पत्ता लागेपछि सुनारमाथि नै अनुसन्धान शुरु गरेको थियो ।
अभियुक्त सुनारले संघका लागि खरिद गरेको सुन पचाउन यस्तो नाटक गरेको बताएका थिए । लुटिएको भनिएको सुन सहित सम्पूर्ण सामाग्री लुकाइ राखेको अवस्थामा बरामद गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया