भारतले अटारी-वाघा सीमा नाका हुँदै अफगानिस्तानमा थप मानवीय सहायता ढुवानी गर्ने

लोकपथ
322
Shares

काठमाडौं । भारतले अटारी-वाघा एकीकृत चेक पोस्टमार्फत अफगानिस्तानमा मानवीय सहायताको रूपमा ५० हजार मेट्रिक टन गहुँ र जीवन बचाउने औषधिहरू ढुवानी गर्न दुई महिनाको म्याद थप गरेको छ।

‘अफगानिस्तानको मानवीय संकटलाई सम्बोधन गर्ने हाम्रो इमान्दार प्रयासको अभिव्यक्तिको रूपमा ढुवानी पूरा गर्न सहजीकरण गर्न दुई महिना थप्‍ने निर्णय गरिएको छ। सबै मोडालिटीहरू पहिले नै भारतीय पक्षलाई सूचित गरिएझैं रहनेछन्,’ पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।

भारत सरकारले भर्खरै यातायात प्रक्रिया पूरा गर्न समयावधि थप्‍न अनुरोध गरेको थियो। विज्ञप्ति अनुसार पाकिस्तान सरकारले नोभेम्बर २०२१ मा अफगान जनतालाई विशेष मानवीय सहायताको रूपमा ५० हजार मेट्रिक टन गहुँ र जीवन बचाउने औषधिहरूको ढुवानीलाई भारतबाट अफगानिस्तानलाई वाघा सीमाना हुँदै एउटा असाधारण रूपमा अनुमोदन गरेको थियो।

मानवीय सहायताको ढुवानीका लागि दिइएको समयावधि २१ मार्च २०२२ मा समाप्त भएको थियो। भारतले अफगानिस्तानमा मानवीय सहायताको ढुवानी पूरा गर्न अब पाकिस्तानले समयावधि बढाएको छ।

पाकिस्तानी विदेश मन्त्रालयले इस्लामावादस्थित भारतीय उच्चायोगलाई यसको निर्णयबारे जानकारी गराएको बताएको छ। यस महिनाको सुरुमा, भारतले पाकिस्तान हुँदै अफगानिस्तान ओभरल्याण्डमा ५० हजार मेट्रिक टन (एमटी) गहुँ पठाउने घोषणा गरेको थियो।

भारतबाट २५ सय टन गहुँको मानवीय सहायताको पहिलो खेप फागुन २६ मा पाकिस्तान हुँदै अफगानिस्तानको जलालाबाद पुर्‍याएको थियो। यसैबीच, भारतको मानवीय सहायताको दोस्रो काफिले दुई हजार मेट्रिक टन गहुँ बोकेको अटारी, अमृतसरबाट मार्च ३ मा अफगानिस्तानको जलालाबादको लागि प्रस्थान गरेको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ।

यसबाहेक, भारतले यसअघि दुई हजार मेट्रिक टन गहुँको तेस्रो खेप मार्च ८ मा अटारी(वाघा सीमा हुँदै ४० ट्रकमा अफगानिस्तान पठाएको थियो। दुई हजार मेट्रिक टन गहुँको चौथो खेप मार्च १५ मा अटारी-वाघा नाका हुँदै अफगानिस्तानका लागि पठाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?