लौकालाई हेप्नुहुन्छ? यस्ता छन् यसका फाइदा

नेपाली समाजमा लौकालाई चाहिँ सबैभन्दा नमीठो तरकारीका रुपमा पनि लिने गर्छन् कतिपयले । तर, लौकाका अनेक फाइदा छन् भन्ने धेरैले याद नै गर्दैनन् ।

लौका खाँदा मानसिक तनाव पनि कम हुने गर्छ । त्यस्तै लौकाले आँखाको ज्योति बढाउन पनि उत्तिकै भूमिका निभाउने गर्छ ।

जब शरीरको तापक्रम सामान्य तामक्रमभन्दा धेरै हुन्छ, तब हामीले त्यतिबेला ज्वरो आएको भन्छौं । ज्वरो आएको बेला बिरामीलाई १५ देखि २० मिली लौकाको रस र थोरै मिश्री मिलाएर सेवन गराउँदा फाइदा पुग्ने गर्छ ।

हृदयका रोगीलाई भोजनको मात्रामा पनि लौका दिन सकिन्छ । हृदयका बिरामीले लौकाको तरकारी बिहान र बेलुका निरन्तर रुपमा खाँदा पनि फाइदा गर्छ ।

पहेँले रोग (जन्डिस) लागेकाले पनि यसको रसमा मिश्री मिसाएर दिनमा ३/४ पटक पिउँदा रोग कम हुन्छ । त्यस्तै शरीरमा गाँठो उठेका बिरामीका लागि पनि लौका उत्तिकै लाभदायक हुन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?