सरकार र डा. केसी पक्षबीच प्रधानमन्त्री कार्यालयमा पुनः वार्ता बस्दै

काठमाडौं । सरकार र डा. गोविन्द केसी पक्षबीच बिहीबार दिउँसो पुनः वार्ता बस्दैछ  । 

बुधबार साँझ असफल भएको वार्ता मध्यरातमा पुनः बसेको थियो । मध्यराती बसेको वार्तामा दुवै पक्षबीच अनौपचारी सहमति जुटेपछि आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र डा. केसी पक्षसँग पुनः वार्ता बस्न लागेको हो । 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार दिउँसो २ः३० बजे सरकारी वार्ता टोली र डा. केसी पक्षबीच औपचारिक वार्ता हुँदैछ । 

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री कार्यालयमा आज हुने वार्ताबाट डा. केसीको अनशन टुंग्याउने गरी सहमति हुने बताए । 

नेम्वाङले सरकारी वार्ता टोलीलाई दलको कार्यालयमा बोलाएर प्रधानमन्त्रीको म्यान्डेडसहितको निर्देशन दिएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?