टाइगर श्राफको ‘बागी ३’ मा अक्षय कुमार?

मुम्बई । बागीबागी २ फिल्मको सिरिजपछि दर्शकको अपेक्षा टाइगर श्राफसँग अझै धेरै बढेको छ । टाइगरले आजभोलिका फिल्ममा एक्सनलाई बढी फोकस गरिरहेका छन् ।

पछिल्लो सिरिज ‘बागी ३’ बनाउने भनेर ‘बागी २’ रिलिजअघि नै सार्वजनिक गरिएको थियो । बागी २ ले त बक्स अफिसमा धमाकेदार व्यापार ग–यो । यद्यपि यो फिल्मले समीक्षकबाट भने खासै राम्रो प्रतिकृया पाउन सकेन ।

बागी ३ लाई पनि भव्य बनाउन खोजिएको छ । जसमा टाइगर श्राफसँगै बलिउडका अर्का स्टार पनि रहने भएका छन् ।

केही भारतीय मिडियाले लेखेअनुसार यो अब बन्ने सिरिजमा अक्षय कुमारको पनि भूमिका रहनेछ । अक्षयले लामो समयदेखि एक्सन फिल्म गर्न चाहेका थिए । अब यो मौका पनि उनलाई जुरेको छ ।

फिल्म धमाकेदार बनाउने भनिएको छ भने यो फिल्मको चर्चा बलिउडमा चल्न थालिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?