चिकित्सकहरुले गरे नेपाल पुलिस क्लबभित्रै धर्ना

काठमाडौं । महाराजगञ्ज शिक्षा अस्पतालबाट पक्राउ परेका करिब ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ । पक्राउ परेकाहरुले पुलिस क्लबभित्रै धर्ना शुरु गरेका छन् । 

प्रहरीले ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई महाराजगञ्ज शिक्षण अस्पताल अगाडिको सडकबाट प्रहरीले चिकित्सकहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरु शिक्षण अस्पताल अगाडिबाट बालुवाटारतर्फ जान खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर झडप समेत भएको थियो ।

२६ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनरत छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?