पोखरा महानगरपालिकामा अटेरी समूहलाई चुनाव चिह्न ‘लौरो’

लोकपथ
665
Shares

पोखरा । निर्वाचन कार्यतालिका अनुसार शनिबार स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम अनुसार पोखरा महानगरपालिकामा रहेका अटेरी समुहका तर्फबाट मेयर र वडा अध्यक्षका प्रत्यासीहरुले आफ्नो चुनावचिह्न ‘लौरो’ चयन गरेका छन् ।

अटेरी समूहबाट पोखराबाट मेयरका प्रत्यासी गनेस पौडेलले अटेरी समूहका वडा अध्यक्षसम्मका उम्मेदवारले लौरोलाई चुनाव चिह्नको रुपमा चयन गरेको बताए ।

पोखरामा अटेरी समूहले भन्दा केहि समय अगाडि काठमाडौंका स्वतन्त्र मेयरका उम्मेदवार बालेन शाहले पनि चुनाव चिह्न लौरो चयन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?