काठमाडौं । चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को गीत सार्वजनिक गरिएको छ । कोरियोग्राफी हुँदै फिल्म निर्देशन गरेकी रेनाशा बान्तवा राईको यो फिल्म डेब्यु निर्देशन हो ।
फिल्म युनिटले केही समयअघि टिजर सार्वजनिक गरेर फिल्मले एक खालको चर्चा कमाएको थियो । रिलिज गरिएको गीतको भिडियोमा धिरज मगर र साम्राज्ञीलाई रोमान्टिक मुडमा प्रस्तुत गराइएको छ ।
त्यस्तै गीतका शब्दलाई हर्कुसल बस्नेतले लेखेका हुन् भने हकुर्लस र निखिता थापाले स्वर दिएका हुन् ।
धिरज र साम्राज्ञीलाई जोडीका रुपमा देखाइएको यो फिल्ममा सारुक ताम्राकार, रुवि राणा, विजय लामा लगायतका कलाकारको अभिनय पनि देख्न पाइनेछ ।
फिल्मको स्किृप्ट अभिमन्यु निरवी र रेनाशा राईले लेखेका हुन् भने निर्देशक राईले कथा लेखेकी हुन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन तथा कृष्ण भण्डारीको सम्पादन रहेको छ ।
त्यस्तै फिल्मलाई प्रभु शमशेर राणा र प्रज्वल राणाले निर्माण गरेका हुन् । फिल्म असोज ५ गते रिलिज हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया