ललितपुर । ललितपुर महानगरपालिकामा एक जना महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन् ।
नेकपा एमालेको तर्फबाट ललितपुर महानगरपालिका–११ दलित महिला सदस्य पदका उम्मेदवार सुचिना परियार निर्विरोध निर्वाचित भएकी हुन् । यद्यपि यसको आधिकारिक घोषणा निर्वाचन सकिएपछि मात्र हुने भएको छ ।
एक्लो उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित भएकी हुन् । सो वडामा अन्य पार्टीको तर्फबाट अन्य दलित महिलाले उम्मेदवारी दिएका थिएनन् ।
सोही वडामा वडाध्यक्ष पदका लागि भने इन्द्रमान महर्जन तथा महिला सदस्यमा आपुलु महर्जनका र खुला सदस्यमा कृष्ण महर्जन र निरोज खड्गीले उम्मेदवारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया