राक्सिराङ गाउँपालिकामा एक जना वडा सदस्य निर्विरोध

लोकपथ
602
Shares

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा एक जना दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएकी छिन् ।

स्थानीय तहको निर्वाचनअन्तर्गत राक्सिराङ गाउँपालिकाको ४ नम्बर वडामा दलित महिला वडा सदस्य पदमा नेपाली कांग्रेसबाट उम्मेदवारी मनोनयन दर्ता गराएकी सजिना मुक्तान नेपाली निर्विरोध भएकी हुन् ।

उक्त पदमा अरु कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएको राक्सिराङका निर्वाचन अधिकृत गोपाल प्रसाद कँडेलले बताए । यद्यपि, निर्वाचित भएको आधिकारिक घोषणा भने बैशाख ३० गतेपछि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?