काठमाडौं : दलालको फन्दामा परि भारत हुँदै सिरियामा बेचिएकी बिमला कुमारी बुढा क्षेत्रीले उद्धारको आग्रहसहित निकै कारूणिक भिडियो सन्देश नेपाल पठाएकी छिन् ।
२ वर्ष ४ महिनाअघि देखि आफू सिरियामा रहेको, १४ महिनादेखि मालिकले तलब नदिएको, दुई दिनमा एकपटक मात्रै खान दिने गरेको र बिरामी परेका कारण स्वास फेर्न नसकिरहेको मिनाले भिडियो सन्देशमा उल्लेख गरेकी छिन् ।
आफूलाई पदम पुनमगरले दिल्ली हुँदै सिरियामा बेचेको र सिरियाको कम्पनीबाट घरेलु कामदारका रुपमा बिमला मगरले फेरि बेचेको मिनाले बताएकी छिन् ।
बिमलाले सबै जिम्मेवारी आफूले लिने बताउँदै आफूलाई सिरियामा बेचेको र त्यसपछि सम्पर्कविहीनभएको मिनाले उल्लेख गरेकी छिन् ।
आफूलाई बेच्ने पदम र बिमलाले हाल फोन स्वीच अफ गरेको उनले बताएकी छिन् ।
सामाजिक सञ्जाल ईमोमा सम्पर्क गर्दा आफुलाई कुनै पनि भिडियो सार्वजनिक नगर्न चेतावनी दिएको र त्यसो गरेमा सिरियन र ईराकीहरु लगाएर मारिदिने धम्की दिने गरेको मिनाले उल्लेख गरेकी छिन् ।
मिनाले भिडियोमा बारम्बार पत्रकार रवि लामिछानेलाई आफ्नो उद्धार गरिदिन रुँदै आग्रह गरिरहेकी छिन् ।
आफू बस्ने वरपर कुनै नेपाली नभएको, अब जिउँदै नसकेपनि मरेपछि नेपाल फर्कने आशा रहेको मिनाको भिडियो सन्देशमा उल्लेख छ ।
घरमा आमा र छोरीमात्र रहेको र छोरी पनि सिकिस्तै बिरामी रहेको मिनाले बताएकी छिन् । आफुलाई जतिसक्दो चाँडो सिरियाबाट उद्दार गर्न र आफुलाई बेच्नेहरुलाई कारबाही गर्न आग्रह गरेकी छिन
सिरियामा बेचिएकी मिनाको गृहजिल्ला बर्दिया रहेको बुझिएको छ ।
यसैबीच बिमलाको कारुणिक भिडियो सन्देश पाएसँगै नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले परराष्ट्र सचिव शंकर दास वैरागीलाई यस विषयमा पहलकदमी लिन आग्रह गरेका छन् ।
यस्तो छ मिनाको भिडियो सन्देश :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया