शिक्षण अस्पतालमा चिकित्सक र प्रहरीबीच झडप, दुई दर्जन चिकित्सक पक्राउ

काठमाडौं । डा. गोविन्द केसीको मागमा सम्बोधन गर्दै आन्दोलनरत चिकित्सक र प्रहरीबीच शिक्षण अस्पताल महाराजगञ्जमा झडप भएको छ । 

झडपपछि प्रहरीले करिब दुई दर्जन चिकित्सकहरुलाई पक्राउ गरेर लगेको छ ।

बिहीबार बिहान शिक्षण अस्पताल महाराजगञ्जबाट शुरु भएको चिकित्सक र स्वास्थ्यकर्मीहरुको जुलुस प्रधानमन्त्री निवास बालुवाटारतर्फ जान खोज्दा प्रहरीले रोकेपछि झडप भएको हो । 

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ‘सरकार हामी तिम्रो सन्तान हौं, तिमी हाम्रो अभिभावक किन बन्दैनौं ?’ जस्ता लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गर्दै हिडेका थिए ।

प्रहरीले चिकित्सकहरूलाई शिक्षण अस्पतालको गेट अगाडि नै रोकेको बताइएको छ ।

प्रहरीले चिकित्सकहरूलाई शिक्षण अस्पतालको गेट अगाडि नै रोकेको बताइएको छ । भने अहिले केसीपक्षको प्रदर्शनका कारण नारायाण गोपाल–टिचिङ सडकखण्ड अवरुद्ध भएको छ ।  

चिकित्सक र स्वास्थ्यकर्मीहरुले प्रदर्शन जारी राखेपछि उनीहरुलाई पक्राउ गरिएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?