काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस गरिएका दीपकराज जोशीको सुनुवाइ आज हुने भएको छ ।
प्रधानन्यायाधीशमा सिफारिस गरिएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश जोशीको बिहीबार दिउँसो १ बजे संसदीय समितिमा सुनुवाइ हुन लागेको हो ।
संवैधानिक परिषद्को निर्णयबाट यही जेठ २९ गते जोशी प्रधानन्यायाधीशमा सिफारिस भएका थिए ।
जोशीविरुद्ध ५ उजुरी परेका छन् । जोशीको सबैभन्दा ठूलो विवाद यसअघिका प्रधानन्यायाधीश गोपाल पराजुलीको जस्तै शैक्षिक योग्यतामा देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया