मनहरीमा अध्यक्ष उम्मेदवार न्यौपानेले लिए उम्मेदवारी फिर्ता

लोकपथ
287
Shares

हेटौंडा । मनहरी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका शंकर न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् ।

कांग्रेस जिल्ला सभापति बुद्ध लामा र प्रवक्ता अर्जुन चौलागाईंसहित पुगेर उनको उम्मेदवारी फिर्ता गराएका हुन् ।

नेपाली कांग्रेसले टिकट वितरण गर्ने बेला विभेद गरेको भन्दै उनले नेपाली कांग्रेस (बिपी) पार्टीबाट उम्मेदवारी दिएका थिए । उनीसँगै नेपाली कांग्रेस (बिपी) पार्टीबाट उपमेयर पदमा उम्मेदवारी दिएकी जानुकी लामाले भने उम्मेदवारी कायम राखेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?