इन्द्रसरोवरमा आठ जनाले लिए उम्मेदवारी फिर्ता

लोकपथ
42
Shares
हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा आठ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । २  जना गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सहित आठ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय इन्द्रसरोवरले जनाएको छ ।

त्यसैगरी वडा अध्यक्ष पदका ४ जना उम्मेदवार र वडा सदस्यका २ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् । स्वतन्त्र उम्मेदवारी दिएका अध्यक्ष पदका उम्मेदवार कुन्साङ लामा र दीपक कुमार ठकुरीले उम्मेदवारी फिर्ता लिएका हुन् ।

२ नम्बर वडा अध्यक्षको उम्मेदवार रत्नबहादुर थापा मगर, ३ नम्बर वडा अध्यक्षको उम्मेदवार राजन कुमार ठकुरी, ४ नम्बर वडा अध्यक्षका उम्मेदवार सिंगा बहादुर लामा र ५ नम्बर वडा अध्यक्षको उम्मेदवार राजन लामा, २ नम्बर वडा सदस्यको उम्मेदवार अरुण तामाङ र ५ नम्बर वडा सदस्यको उम्मेदवार ईनोद कुमार लामाले उम्मेदवारी फिर्ता लिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?