हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा १८ जना उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएका छन् । गाउँपालिका अध्यक्ष पदका लागि उम्मेदवारी दिएका २ जना र वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय बकैयाले जनाएको छ ।
अध्यक्षका लागि नेकपा माओवादीबाट उम्मेदवारी दिएकी लक्ष्मीमाया माझी (कृपा) र स्वतन्त्र उम्मेदवार कृष्ण घिमिरेले उम्मेदवारी फिर्ता लिएका हुन् । सत्ता गठबन्धनका उम्मेदवारहरूलाई सघाउन उम्मेदवारी फिर्ता लिएको माझीले बताइन् ।
गठबन्धनको निर्णय अनुसार बकैयाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धर्मराज लामिछानेलाई माओवादीले सघाउँदा उपाध्यक्षमा माओवादीका उम्मेदवार भक्त बहादुर खत्रीलाई कांग्रेसले सघाउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया