मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीका अनुसार धनगढी उप महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी राष्ट्रिय जनमोर्चाकी अञ्जना श्रेष्ठ (मास्के) ले आफ्नो उम्मेदवारी फिर्ता लगेकिछन् ।
यसैगरी वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका १० जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार धनगढी–११ बाट वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेशकुमार पन्त, वडा नम्बर १३ बाट अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका भीम सिंह ऐर, १३ बाटै वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका गीता कुमारी गौतम, वडा नम्बर–१९ का लागि स्वतन्त्र उम्मेदवारी दिएका खुसी राम चौधरी, जसपाबाट धनगढी–१३ का लागि वडा अध्यक्षमा उम्मेदवारी दिएका कमल धामीले आफ्नो उम्मेदवारी फिर्ता लगेका छन् ।
यसैगरी नागरिक उन्मुक्ति पार्टीबाट धनगढी–१२ का लागि वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका पदमे कोली, एकीकृत समाजवादी पार्टीबाट धनगढी–५ कालागि उम्मेदवारी दिएका सुजित शर्मा, वडा नम्बर १४ बाट स्वतन्त्र उम्मेदवारी दिएका हर्कबहादुर धामी, वडा नम्बर १२ बाट स्वतन्त्र उम्मेदवारी दिएका ऐनबहादुर सिंह र माओवादी केन्द्रबाट धनगढी–१४ का लागि उम्मेदवारी दिएका कृष्णराज गिरीले शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लगेको मुख्य निर्वाचन अधिकृत पनेरुले बताए ।
उनका अनुसार पार्टी तथा स्वतन्त्र रूपमा विभिन्न वडामा उम्मेदवारी दिएका ९ जना वडा सदस्य, तीन जना महिला सदस्य र १ जना दलित महिला सदस्यले पनि आफ्नो उम्मेदवारी फिर्ता लगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया