१. बागी उम्मेदवारलाई दलहरूले धम्की दिएको भन्दै निर्वाचन आयोगको आपत्ति, यस्ता काम नगर्न र नगराउन सरोकारवालाहरूलाई आग्रह
२. स्थानीय तहको निर्वाचनमा परेको उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन, उम्मेदवारी फिर्ता लिएपछि आजै अन्तिम नामावली प्रकाशन गर्ने तयारी
३. शनिबार र आइतबार बिदा दिने निर्णयको पर्यटन व्यवसायीले गरे स्वागत, सरकारी निर्णयले पर्यटनमा सकारात्मक सन्देश दिएको व्यवसायीहरूको बुझाइ
४. स्थानीय निर्वाचनमा गठबन्धनमा आबद्ध दलहरूले अन्य दलसँग चुनावी तालमेल गर्न नपाउने, गठबन्धनविरुद्ध परेको उम्मेदवारी फिर्ता नलिनेलाइ सम्बन्धित दलले कारबाही गर्ने
५. ‘नो भोट’को आदेश कार्यान्वयन नभएपछि सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता, साढे ८ वर्षसम्म पनि कानुन बन्न नसक्नुले उम्मेदवार मन नपरे पनि भोट दिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको जिकिर
६. भरतपुर र पोखरामा गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई फकाउने कांग्रेस प्रयास असफल, बागी उम्मेदवार, प्रस्तावक र समर्थक कांग्रेसको पार्टी विधानअनुसार स्वत निलम्बनमा पर्ने
७. नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने सरकारको प्रयास असफल, यसअघिको अल्पकालीन आदेशलाई सर्वोच्चको निरन्तरता
८. स्थानीय तहको निर्वाचनका लागि १ करोड ७७ लाख मतपत्र छापियो, हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको आयोगको भनाइ
९. पूर्वमन्त्री अफताब आलमविरुद्धको मुद्दा निरन्तर धकेलिँदै, आजका लागि पेसी तोकिए पनि मुद्दा भने ‘हेर्दाहेर्दै’मा राखियो
१०. रुग्ण उद्योग सञ्चालनको मोडालिटी बनाउन उद्योग मन्त्री बडूको निर्देशन, नयाँ योजनासहित रोजगारी सिर्जना गरी राष्ट्रिय उत्पादन वृद्धि गर्नुपर्नेमा जोड
११. कोरोना संक्रमणमुक्त हुने दरका आधारमा नेपाल सार्क राष्ट्रहरूमध्ये पहिलो नम्बरमा, सार्कस्तरीय प्रकोप व्यवस्थापन केन्द्रको पछिल्लो तथ्यांकअनुसार नेपालको संक्रमणमुक्त हुने दर ९८ दशमलव ८ प्रतिशत
१२. नेपाल र अमेरिकाबीचको द्वीपक्षीय सम्बन्ध स्थापनाको ७५ वर्ष पूरा, नेपाललाई निरन्तर सहयोग गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनको भनाइ
१३.दक्षिण कोरियाबाट उत्तर कोरियालाई गोप्य सैनिक सूचना चुहाउने दुई पक्राउ, पक्राउ परेकाहरूलाई दक्षिण कोरियाले राष्ट्रिय सुरक्षा कानुनअनुसार कारबाही गर्ने
१४. अखिल नेपाल फुटबल संघ –एन्फा)का तीन उपाध्यक्षद्वरा तत्काल कार्यसमिति बैठक बोलाउन माग, राष्ट्रिय फुटबल टिमका खेलाडी र मुख्य प्रशिक्षकबीच उत्पन्न विवाद अत्यन्त संवेदनशील विषय भएको उल्लेख
१५ र, नेपाल क्रिकेट संघ (क्यान)द्वारा जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय सिरिज खेल्ने नेपाली टोलीको घोषणा, शनिबारबाट सुरु हुने एकदिवसीय शृंखलाको लागि नेपाली टोलीको कप्तानी सन्दीप लामिछानेले नै सम्हाल्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया