काठमाडौं । जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको आफ्नो तयारी पूरा भएको जनाएको छ ।
नेपाली टिमका कप्तान सन्दीप लामिछाने र प्रशिक्षक पुबुदु दासानायक]ले टिमको तयारी राम्रो भएको र शृंखला जित्न खेल्ने बताए ।
यस्तै सन्दीप र पुबुदुले अमेरिकामा हुने विश्वकप लिग-२ खेल्नु अघि यो अभ्यासलाई सहज हुने बताए । यस्तै नेपाली टिमलाई आफ्नो गल्ती सुधारको अवसर रहने बताएका छन् ।
नेपालले घरेलु मैदानमा वैशाख १७ गतेदेखि (भोलि) जिम्बावे ‘ए’ विरुद्ध तीन एकदिवसीय र तीन ट्वान्टी २० क्रिकेट शृंखला खेल्ने तालिका छ । नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रको टिमविरुद्ध घरेलु मैदानमा शृंखला खेल्न लागेको हो ।
के भन्छन् दुबै टोलीका कप्तान कोच :
नेपाली टिमका कप्तान, सन्दीप लामिछाने:
जिम्बावे टिमलाई स्वागत छ । हाम्रो टिम सन्तुलित छ । हामीले पिएनजी र मलेसियासँग नयाँ प्रयोग गर्यौ र काम पनि गर्यो । हाम्रो लागि अमेरिका जानु अघि यो राम्रो अवसर हो । जिम्बावे राम्रो टिम हो । उनीहरुसंग खेल्न सजिलो हुने छैन । प्रतिस्पर्धा हुने अपेक्षा छ । तयारी राम्रो छ सबै खेलाडी तयार छन् ।
नेपाली टिम प्रशिक्षक, पुबुदु दासानायके:
जिम्बावेलाई स्वागत छ । खुशी छौँ स्वागत गर्न पाउदा । हाम्रो लागि अमेरिका टुर अघि अवसर हो । अबको दश महिना हाम्रो क्रिकेट व्यस्त छ । २४ खेल बाँकी छ ।
हामी त्यसअघि ९विश्वकप लिग-२० युवा खेलाडीलाई अवसर दिन क्वालिटी क्रिकेट खेल्न चाहन्छौँ । जिम्बावे ए सँग क्वालिटी क्रिकेट खेल्ने योजना छ । यू१९ टिमका केही खेलाडी पनि छन् ।
जिम्बावे कप्तान टोनी :
हामी नयाँ अनुभव हेर्दैछौँ । हाम्रो टिम युवा छ । राम्रो गर्न तयार छौँ ।
जिम्बावे कोच डौग्लास होन्डु:
हामी युवा टिम लिएर आएका छौँ । हामीले केही रिजनल खेल खेलेका थियौँ । हाम्रो लागि यो टुर धेरै महत्वपूर्ण छ । यहीबाट खेलाडीहरु राष्ट्रिय टिममा पर्न प्रतिस्पर्धा गर्दैछन् । नयाँ युवा खेलाडीहरु छन् । हाम्रो खेलाडीको लागि यहाँ चुनौतीपुर्ण अवसर हुनेछ । प्रतिस्पर्धात्मक सिरिजको अपेक्षा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया