काठमाडौं । नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने उम्मेदवार, प्रस्तावक र समर्थकहरु पार्टीबाट स्वतः निष्काशित भएका छन् ।
त्यससँगै भरतपुर महानगरपालिकामा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेल र पोखरामा बागी उम्मेदवारी दिएका विमल कार्की स्वतः पार्टीबाट निष्काशित भएका हुन् ।
आज नै पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै कांग्रेस र गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिनेहरु स्वतः पार्टीबाट निष्काशित हुने बताएका थिए ।
‘स्थानीय तहको निर्वाचनमा कांग्रेसका आधिकारिक उम्मेदवारका विरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरेरगराएको भए आज अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्नु हुन निर्देशानुसार अनुरोध गरिन्छ। उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा ४ ९१३० ९ग० बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासित हुने व्यहोरा जानकारी गराइन्छ,’ निर्णयमा भनिएको थियो ।
त्यससँगै देशभर आधिकारिक उम्मेदवारहरुविरुद्ध बागी दिनेहरु पार्टीबाट स्वतः निष्काशित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया