पोखरा महानगरपालिकामा गठबन्धनविरुद्ध एक जनाको उम्मेदवारी कायमै

लोकपथ
861
Shares

काठमाडौं । पोखरा महानगरपालिकामा गठबन्धनविरुद्ध बागी उम्मेवारी दिएका विमल कार्कीले आफ्नो उम्मेदवारीलाई कायमै राखेका छन् ।

गठबन्धनको भागबण्डा अनुसार पोखरा महानगर एकीकृत समाजवादीलाई परेसँगै कांग्रेसबाट ३ जनाले बागी उम्मेदवारी दिएका थिए ।
तीनजनामध्ये ऋषीप्रसाद सापकोटा र नन्दप्रसाद अधिकारीले आफ्नो उम्मेदवारी झिके पनि कार्कीले आफ्नो उम्मेदवारी कायमै राखेका छन् ।

त्यसैगरी तालमेल अनुसार भरतपुर महानगरमा समेत गठबन्धनको विरुद्ध परेको जगन्नाथ पौडेलले समेत आफ्नो उम्मेदवारी कायमै राखेका छन् ।

कांग्रेसले पार्टी र गठबन्धनको विरुद्ध उम्मेदवारी दिने उम्मेदवार, प्रस्तावक र समर्थक पार्टीबाट स्वत निष्काशन हुने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?