हेटौंडा । हेटौंडा उपमहानगरपालिका- २ को वडा अध्यक्षमा उम्मेदवारी दिएका रवीन्द्र घिमिरेले उम्मेदवारी फिर्ता लिएका छन् ।
नेपाली कांग्रेसले अर्का उम्मेदवार विष्णुगोपाल महर्जनलाई उम्मेदवारीको लागि टिकट दिएको थियो । महर्जनले पहिला नै उम्मेदवारी दिएपछि घिमिरेले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए ।
घिमिरेले पत्रकार सम्मेलन नै गरेर पार्टीले आफूलाई अपहेलित गरेको भन्दै दुई जनालाई टिकट दिनेलाई कारबाहीको माग गरेका थिए । तर घिमिरेले आज उम्मेदवारी फिर्ता लिएका छन् ।
घिमिरेलाई नेपाली कांग्रेस मकवानपुरका सभापतिले आमन्त्रित सदस्यमा मनोनितसमेत गरेका छन् । वडा अध्यक्षमा बागी उम्मेदवारी दिएका कांग्रेसका अर्का नेता सुदि राजबाहकले भने उम्मेदवारी फिर्ता लिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया