आचारसंहिताविपरीत चुनावी प्रचारप्रसारमा महत

लोकपथ
234
Shares

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारप्रसार गरेका छन् ।

नेकपा एमालेबाट निर्वाचित भएका उनी एमालेको चुनावी अभियानमा लागेका हुन् । निर्वाचन आचारसंहिताले स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष तथा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाइने व्यवस्था गरेको छ ।

बहालवाला मेयर नै आचारसंहिताविपरीत पार्टीको चुनावी अभियानमा भाषण गरेर हिँडिरहेको भन्दै सर्वसाधारणले उनको विरोधसमेत गरेका छन् ।

उनले भाषणको क्रममा मतदातालाई प्रभाव पार्ने गरी आश्वासन समेत दिँदै हिँडेको आरोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?