गभर्नर महाप्रसाद अधिकारीले निरन्तर काम गर्न पाउने सर्वोच्चको आदेश

लोकपथ
952
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको कारबाही यथास्थितिमा राख्दै काम गर्न पाउने यसअघिको आदेश कायम भएको छ ।

शुक्रबार सर्वोच्च अदालतले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई कायम राख्दै सो निर्णय गरेको हो ।

आज सर्वोच्चको न्यायाधीश सपनाप्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले सुनुवाइपछि गभर्नरको पक्षमा आदेश दिएको हो ।

यसअघि सर्वोच्चले वैशाख ६ मा गभर्नर अधिकारीलाई पदीय जिम्मेवारीमा फर्कन अन्तरिम आदेश जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?