काठमाडौं–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका ५ सहसचिव कामविहीन भएका छन् । उही दर्जाका ६ सहसचिवमध्ये मन्त्रालयले १ जनालाई मात्र जिम्मेवारी दिएर अन्यलाई काम विहीन बनाएको हो ।
नयाँ गठन भएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रको महानिर्देशकमा तत्कालीन शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेललाई जिम्मेवारी दिएपछि बाँकी रहेका ५ सहसचिव कामविहीन भएका हुन् ।
केन्द्र गठन भएको १० दिन पुगिसक्दा समेत मन्त्रालयले ती सहसचिवलाई कुनै काम दिएको छैन । ‘अहिले त कार्यालय आयो, पुरानै कार्यालयमा बस्यो, हाजिर ग¥यो फर्कियो, यसरी नै हाम्रो दिनचर्या चल्न थालेको छ’ –कामविहीन भएका एक सहसचिवले भने ।
कामविहीन भएलगत्तै ४ सहसचिवको बैठकले तत्काल कामको बाँडफाँडसहित जिम्मेवारी दिन मन्त्रालयलाई आग्रह गरेका थिए । सह–सचिवबीच यही साउन २ गते भएको निर्णय मन्त्रालय पुगेलगत्तै मन्त्रालयले विघटन भएका निकाय शैक्षिक जनशक्ति विकास केन्द्र, अनौपचारिक शिक्षा केन्द्र र शिक्षा विभाग आफैं समन्वय गरी काम गर्न निर्देशन दिएको थियो । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया