१४ मङ्सिर २०८०, बिहीवार

प्रदेश प्रमुखको तलब, भत्ता एक लाखभन्दा बढी

२०७४,आश्विन,२८,शनिवार ०१:३६

0
Shares

काठमाडौँ, २८ असोज – व्यवस्थापिका संसद्ले प्रदेश प्रमुखको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी विधेयक पारित गरेको छ । प्रदेश प्रमुखको सेवा सुविधासम्बन्धी कानुन पारित भएसँगै सरकारलाई प्रदेश प्रमुख नियुक्त गर्ने बाटो पनि खुलेको खबर गोरखापत्रमा छापिएको छ ।संसद्बाट पारित विधेयक अनुसार प्रदेश प्रमुखको मासिक पारिश्रमिक ६४ हजार रुपियाँ हुनेछ । यस्तै, पोशाक सुविधा वार्षिक १८ हजार रुपियाँ तथा अतिथि सत्कार खर्च ४० हजार रुपियाँ हुनेछ । चाडपर्व खर्चका रूपमा थप एक महिनाको रकम प्रदेश प्रमुखले वार्षिक रूपमा पाउनेछन् । यसरी मासिक सेवा सुविधा एक लाख चार हजार रुपियाँ हुनेछ ।प्रदेश प्रमुखको बिमा लगायतको व्यवस्था प्रदेश सरकारले गर्नेछ । यस्तै, प्रदेश प्रमुखले १२ सदस्यीयसम्म सचिवालय बनाउन सक्नेछन् । विधेयक पारितसँगै प्रमुख स्वकीय सचिवसहित १२ जनाको दरबन्दी स्वीकृत गरिएको छ । सचिवालयमा सह–स्वकीय सचिव, उपस्वकीय सचिवको पनि व्यवस्था छ । यस्तै फोटोग्राफर, कम्प्युटर अपरेटर, प्रशासन तथा लेखा सहायकको पनि व्यवस्था हुनेछ । सवारी चालक र कार्यालय सहयोगीको व्यवस्था पनि सचिवालयमा रहनेछ ।यस्तै प्रदेश प्रमुखको दैनिक भ्रमण भत्ता पनि विधेयकले तोकेको छ । विधेयक अनुसार स्वदेशमा हुने दैनिक भ्रमण भत्ता तीन हजार रुपियाँ तोकिएको छ । विदेशमा दैनिक २५० डलर तोकिएको छ । युरोप, अस्ट्रेलिया तथा अमेरिका भ्रमणमा तोकिएको रकममा ३३ प्रतिशत थप हुनेछ ।

प्रकाशित मिति: २०७४,आश्विन,२८,शनिवार ०१:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

कोशी टप्पुमा आउन थाले विदेशी चरा
 २०८०,मङ्सिर,१४,बिहीवार ११:०५
लगातार उकालो लागेको सुनको मूल्य आज स्थिर
 २०८०,मङ्सिर,१४,बिहीवार ११:००
दोस्रो एनटीए लिग आजदेखि हुँदै
 २०८०,मङ्सिर,१४,बिहीवार १०:३९
चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना
 २०८०,मङ्सिर,१४,बिहीवार १०:३५