हुम्लाका स्थानीय तहको कार्यकारी पदको उम्मेदवारमा दलित समुदाय उपेक्षित

लोकपथ
49
Shares

हुम्ला । हुम्लामा सातवटा स्थानीय तह छन्। ती सबै गाउँपालिका हुन्। ती स्थानीय तहका कार्यकारी पद अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षको उम्मेदवारमा दलित समुदायको प्रतिनिधित्व शून्य देखिएको छ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दलहरूले तालमेल गर्दा दलित नेतृत्व सहजरूपमा स्वीकार नगरिएकाले उम्मेदवारी दर्ता शून्य देखिएको हो।

जिल्लामा क्रियाशील कुनै पनि दलले दलित अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षजस्ता कार्यकारी पदमा टिकट दिएनन् । ताजाकोट गाउँपालिकामा मात्र गठबन्धनबाट वडाध्यक्ष एक जना र स्वतन्त्र एक जना, सिमकोट गाउँपालिका–५ मा एक जना, सर्केगाड गाउँपालिकामा उपध्यक्षमा एक जनाको उम्मेदवारी दर्ता भएको छ । अन्य ठाउँमा भने दलित समुदायबाट उम्मेदवार शून्य देखिएको छ ।

माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत सामाजवादीको संयुक्त गठबन्धन र एमाले र स्वतन्त्र उम्मेदवार गरी अध्यक्षमा ३६ र उपाध्यक्षमा ४३ जनाको उम्मेदवारी परेको छ ।

वडाध्यक्षमा २३०, दलित महिला सदस्यमा १०९, महिला सदस्यमा १७३, सदस्यमा ३५० गरी जम्मा ९४१ जनाको उम्मेदवारी परेको छ।

यति ठूलो संख्यामा उम्मेदारी दर्ता भए पनि कार्यकारी पदमा दलित समुदायको प्रतिनिधित्व अपेक्षा गरिएअनुसार हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?