सिनामंगलबाट युवक अपहरण गरेको आरोपमा पाँच जना पक्राउ

लोकपथ
832
Shares

काठमाडौं । काठमाडौंस्थित सिनामंगलबाट युवक अपहरण गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।

प्रहरी परिसर काठमाडौंको टोलीले भक्तपुरका सञ्जन ओली, निरज केसी, सौजन्य सिंह, आशिष कोजु र सन्तोष न्यौपानेलाई पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीका अनुसारसिराहाका पवनकुमार यादवलाई स्कोर्पियोमा लगेर बन्धक बनाएको आरोपमा उनीहरु पक्राउ गरिएको हो । अनुसन्धानमा अपहरित हुने र अपहरण गर्ने दुवै पक्ष लागूऔषध सेवनकर्ता भएको हुन सक्ने प्रहरीका एसपी दिनेशराज मैनालीले बताएका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?